टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक
टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् । यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भवन ध्वस्त भएका छन् जबकि सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् भने १२२० भन्दा बढी भवनमा क्षति पुगेको छ ।
यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । यति मात्रै होइन सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।
मेक्सिकोका कुकुरले गरिरहेका छन् उद्धार कार्यमा सहयोग
मेक्सिकोको चर्चित रेस्क्यू डगले टर्कीमा भग्नावशेषमा दबिएका मानिसको खोजी गर्न मद्दत गरिरहेको छ । मेक्सिको आफ्नो तालिमप्राप्त र विशेष खोजी कुकुरका लागि परिचित छ । १६ वटा कुकुरको समूह मेक्सिकोबाट उद्धार कार्यका लागि टर्की पुगेका छन् ।
खराब मौसमका कारण चुनौती
टर्कीमा हिउँ परिरहेको छ । यस्तोमा उद्धार कार्यमा निकै समस्या भइरहेको छ । यति मात्रै होइन खराब मौसमका कारण हेलिकोप्टर पनि ल्यान्ड हुन सकिरहेको छैन । भूकम्पका कारण टर्की–सिरिया कोरिडोर पनि ध्वस्त भएको छ । यस्तोमा सडक मार्गमार्फत मद्दत पुर्याउन गाह्रो भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण