बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टर्की–सिरिया त्रासदीका ७ दर्दनाक घटना : भग्नावशेषमुनि छोरी जन्माएपछि आमाको मृत्यु, मृत बच्चालाई अँगालो हालेर रोइरहे पिता

बुधबार, २५ माघ २०७९, ११ : ३०
बुधबार, २५ माघ २०७९

टर्की र सिरियामा सोमबार गएको तीन वटा ठुला भूकम्पमा परी अहिलेसम्म झन्डै ८ हजार जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मृत्यु हुनेको सङ्ख्या २० हजार पुग्न सक्ने अनुमान गरेको छ । युनिसेफले यस त्रासदीमा हजारौँ बालबालिकाको मृत्यु भएको आशङ्का गरेको छ ।

यसैबीच सामाजिक सञ्जालमा धेरै पीडादायी कथा भाइरल भइरहेका छन् । ती मध्ये ७ वटा घटना संक्षेपमा यहाँ बताइएको छ ।

महिला पाँच तले घरमा फसेकी थिइन्, बच्चा जन्माएपछि भयो मृत्यु

सिरियाको एलेप्पो सहरबाट एउटा हृदय विदारक घटना बाहिरिएको छ । यहाँ, भग्नावशेषको थुप्रोमुनि, ‘च्याहाँ च्याहाँ’ आवाज गुन्जियो । एउटी आमाले पाँच तले भवनको भग्नावशेष मुनी छोरी जन्माइन् र प्राण त्यागिन् । जन्मिएको करिब १० घण्टापछि उद्धारकर्मीले रोएको आवाज सुनेपछि बच्चालाई बाहिर निकालियो । भग्नावशेषको मुनी भेटिएकी यी बालिका अब आफ्नो परिवारको एक्ली सदस्य हुन् ।

1

2

 

मृत बच्चालाई अँगालोमा बेह्रेर रोइरहे पिता

एउटा भिडियो मङ्गलवार भाइरल भइरहेको छ । यो सिरियाको जिन्दरिसको हो । यसमा एक पितालाई आफ्नो मृत बच्चालाई अँगालोमा बेह्रेर रोइरहेको देख्न सकिन्छ । सिरियाको भूकम्पले यो नवजात शिशुको ज्यान लिएको बताइएको छ । पिताले आफ्नो बच्चालाई कम्बलमा बेह्रेर समातिरहेका छन् । उनले ती बच्चालाई लगातार चुमिरहेको पनि देख्न सकिन्छ ।

ezgif.com-optimize

घाइते बालकको एकाएक भए अनाथ

भूकम्पको तीव्रता रेक्टर स्केलमा मात्रै नभई मानिसको जीवनमा पनि देखियो । सिरियामा एउटा सानो बालकको पूरा परिवार नष्ट भयो । उद्धार टोलीले यी बालिकालाई सुरक्षित स्थानमा राखेको छ । भिडियोमा बच्चाको हातमा ब्यान्डेज लगाइएको देख्न सकिन्छ र उसले केराको टुक्रा खाइरहेको छ । घटना कहाँको हो विस्तृत विवरण भने छैन ।

ezgif.com-optimize (1)

१७ घण्टा भग्नावशेषमा दबिएका दिदी भाइ

सिरियामा एक बालिका आफ्नो भाइसँगै १७ घण्टासम्म भग्नावशेषमुनि दबिएकी छिन् । उद्धार टोली उसलाई बचाउन पुग्दा उनले भनिन्, ‘अङ्कल, मलाई तपाईँले यहाँबाट निकालिदिनुहोस् न, म तपाईंको सेवक बनिरहनेछु । ’ यो भिडियो सोसल मिडियामा असाध्यै भाइरल भइरहेका छन् । दुवै बच्चालाई उद्धार गरिएको छ र उनीहरू अब सुरक्षित स्थानमा छन् । 

ezgif.com-optimize (2)

6

मृत छोरीको हात समातेर बसिरहे पिता

टर्कीको काहरामनमारस सहरमा एक पिता आफ्नो मृत छोरीको हात समातेर बसिरहेका छन् । उनको १५ वर्षीय छोरीको भग्नावशेषमा पुरिएर मृत्यु भएको हो । पहिलो भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण पूर्वमा रहेको कहरामनमारसको पजारसिक जिल्ला नै थियो ।

7

बालिकाले सोधिन्, ‘मेरो मम्मी खोई ?’

टर्कीको हेटे सहरबाट पनि हृदय विदारक घटना बाहिर आएको छ । यहाँ उद्धार कार्यमा ७ वर्षीय बालिकालाई भग्नावशेषबाट निकालिएको छ । बालिका रोइरहेकी थिईन् । बालिकालाई बाहिर निकाल्ने बित्तिकै  उनले उद्धार टोलीलाई सोधिन्, ‘मेरो मम्मी खोई ? ’ बालिकाको परिवारको सदस्यको केही खबर छैन ।

ezgif.com-optimize (3)

भग्नावशेष मुनि दबिएका बालबालिकाको उद्धार

9

ezgif.com-optimize (4)

 

- एजेन्सीकाे सहयाेगमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप