राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी, २३३ जनाले गरे मतदान
दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदानमा हालसम्म स्थानीयतर्फ १ सय ६६ र प्रदेशसभातर्फ ६७ जनाले मतदान गरेका छन् । स्थानीय तह तर्फबाट ९६ जना पुरुष र ७० जना महिलाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य तर्फ ४३ जना पुरुष र २४ जना महिलाले मतदान गरेका हुन् । अब स्थानीय तहतर्फ ५२ जना र प्रदेश २० जनाले मतदान गर्न बाँकी रहेको छ । स्थानीय तहतर्फ एक जना मतदाता बराबर १८ र प्रदेशसभा सदस्य तर्फ ४८ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार १ सय रहेको छ ।
काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य तर्फ २७, ९२ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल मतभार २ हजार ९५२ रहेको छ । त्यस्तै नेकपा एमालेका २९ जना प्रदेश सांसद, ६७ जना स्थानीय तहका पदाधिकारी रहेका छन् । नेकपा एमालेको कुल मतभार २ हजार ५९८ रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको कुल मत मतभार १ हजार १०४, राप्रपाको २४६, जसपाको २५२, लोसपाको २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, प्रदेशका स्वतन्त्र सांसदहरुको कुल मतभार १४४, राजमोको १२०, एकीकृत समाजवादीको ४८ र जनता प्रगतिशील पार्टीको कुलमत भार ३६ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण