राष्ट्रियसभा सदस्य उपनिर्वाचन जारी, २३३ जनाले गरे मतदान

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनका लागि बिहान १० बजेदेखि सुरु भएको मतदानमा हालसम्म स्थानीयतर्फ १ सय ६६ र प्रदेशसभातर्फ ६७ जनाले मतदान गरेका छन् । स्थानीय तह तर्फबाट ९६ जना पुरुष र ७० जना महिलाले मतदान गरेका छन् । प्रदेशसभा सदस्य तर्फ ४३ जना पुरुष र २४ जना महिलाले मतदान गरेका हुन् । अब स्थानीय तहतर्फ ५२ जना र प्रदेश २० जनाले मतदान गर्न बाँकी रहेको छ । स्थानीय तहतर्फ एक जना मतदाता बराबर १८ र प्रदेशसभा सदस्य तर्फ ४८ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा कुल मतभार ८ हजार १ सय रहेको छ ।
काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य तर्फ २७, ९२ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल मतभार २ हजार ९५२ रहेको छ । त्यस्तै नेकपा एमालेका २९ जना प्रदेश सांसद, ६७ जना स्थानीय तहका पदाधिकारी रहेका छन् । नेकपा एमालेको कुल मतभार २ हजार ५९८ रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको कुल मत मतभार १ हजार १०४, राप्रपाको २४६, जसपाको २५२, लोसपाको २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, प्रदेशका स्वतन्त्र सांसदहरुको कुल मतभार १४४, राजमोको १२०, एकीकृत समाजवादीको ४८ र जनता प्रगतिशील पार्टीको कुलमत भार ३६ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्कामा खोजतलास तीव्र
-
सामान्यको सरुवामा स्थानीय तहको अड्को, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन
-
राजधानीमा ओशो महोत्सव हुँदै
-
कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि
-
‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’
-
एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह