नेपाली भाषीलाई ‘विदेशी’ भन्ने भारतीय अदालतको निर्णयविरुद्ध सिक्किममा हडताल

काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपाल भाषीलाई विदेशी भनेपछि उत्तरपूर्वी भारतको सिक्किम राज्य बुधबार पूर्ण रुपमा बन्द भएको छ।
जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।
सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् ।
हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपाली भाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलाको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो।
काउन्सिलको गरेको बुधबारको बन्द आह्वानलाई स्थानीयले पनि पूर्ण समर्थन गरेका छन्।
यसअघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो।
तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भइरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
-
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक