सकियो सलमानको ‘किसीका भाइ किसीकी जान’
बुधबार, २५ माघ २०७९, १६ : ५२

मुम्बई । अभिनेता सलमान खानले फिल्म ‘किसीका भाइ किसीकी जान’ को सुटिङ सकाएका छन् । सलमानले सामाजिक इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै फिल्मको सुटिङ सकिएको बताएका हुन् ।
‘किसीका भाइ किसीकी जान’ एक्सन कमेडी फिल्म हो । फिल्मका निर्देशन फरहाद सामजी हुन् । फिल्ममा सलमान खान बाहेक पूजा हेगडे, शहनाज गिल र वेंकटेश लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । सलमानकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म सन् २०२३ को इदमा प्रदर्शन हुनेछ ।
सलमान बलिउडका चर्चित अभिनेता हुन् । उनको फिल्मको प्रतीक्षामा फ्यान सधैँ हुन्छन् । उनले टिभीमा आफ्नो होस्टिङ कौशलले समेत दर्शकको मन जितिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी