कानुन उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई केन्द्रीय बैंकले गर्यो कारबाही
बुधबार, २५ माघ २०७९, २० : ४२
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकले कारबाही गरेको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले कानुन उल्लंघन गर्ने बैंकहरुलाई कारबाही गरेको जानकारी दिएको हो ।
यसक्रममा ४ वटा बैंकलाई नगद कारबाही गरिएको छ भने ५ वटा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
नगद जरिवानामा परेका २ वटा बैंक दोहोरो कारबाहीमा परेका छन् । नगद जरिवानामा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कर्मसियल बैंक छन् । उनीहरुले ५०÷५० लाखका दरले जरिवाना तिर्नुपरेको छ ।
यसबाहेक, माछापुच्छ्रे, सानिमा, तत्कालीन नेपाल इन्भेष्टमेन्ट, सभिल, नबिल र प्रभु बैंकलाई सचेत गराइएको छ । माछापुच्छ्रे बैंकलाई २ पटक सचेत गराइएको छ भने ५० लाख जरिवाना तिर्ने प्रभु बैंकलाई समेत सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार
-
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित
-
‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ !’
-
सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
-
जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ
-
फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण