मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई केन्द्रीय बैंकले गर्‍यो कारबाही

बुधबार, २५ माघ २०७९, २० : ४२
बुधबार, २५ माघ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकले कारबाही गरेको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले कानुन उल्लंघन गर्ने बैंकहरुलाई कारबाही गरेको जानकारी दिएको हो । 

यसक्रममा ४ वटा बैंकलाई नगद कारबाही गरिएको छ भने ५ वटा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

नगद जरिवानामा परेका २ वटा बैंक दोहोरो कारबाहीमा परेका छन् । नगद जरिवानामा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडौं र प्राइम कर्मसियल बैंक छन् । उनीहरुले ५०÷५० लाखका दरले जरिवाना तिर्नुपरेको छ ।

यसबाहेक, माछापुच्छ्रे, सानिमा, तत्कालीन नेपाल इन्भेष्टमेन्ट, सभिल, नबिल र प्रभु बैंकलाई सचेत गराइएको छ । माछापुच्छ्रे बैंकलाई २ पटक सचेत गराइएको छ भने ५० लाख जरिवाना तिर्ने प्रभु बैंकलाई समेत सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप