माओवादी केन्द्रको उपाध्यक्षमा सापकोटा र भुसाल मनोनीत
काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् । नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको एक नेताले जानकारी दिए ।
भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् ।
यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो।
उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।
यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् ।
यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण