माओवादी केन्द्रको उपाध्यक्षमा सापकोटा र भुसाल मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् । नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ ।
हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको एक नेताले जानकारी दिए ।
भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् भने सापकोटा सभामुखको जिम्मेवारी सकिएसँगै पार्टीको जिम्मेवारीमा आएका हुन् ।
यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो।
उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।
यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् ।
यस्तै, कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
-
लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जना यात्रुको जलेर मृत्यु