राखी सावन्तका पति आदिल १४ दिन हिरासतमा रहने
बुधबार, २५ माघ २०७९, २१ : ११
मुम्बई । अभिनेत्री राखी सावन्तका पति आदिल खान दुर्रानी १४ दिन हिरासत रहने भएका छन् ।
राखीले विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका आदिललाई अन्धेरी कोटले न्यायिक हिरासतमा पठाएको हो । समाचारका अनुसार उनी १४ दिन हिरासत बस्नेछन् ।
राखीले प्रहरीमा दर्ता गरेको एफआईआरमा आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको, घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको लगायतको आरोप लगाएकी छन् । आदिलले आफूलाई लामा समयदेखि यातना दिइरहेको समेत राखिको आरोप छ ।
राखी र आदिलले गत महिना मात्रै विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार आदिल र राखीले मे २०२२ देखि एकअर्कालाई डेट गर्थे । उनीहरुको मुम्बईमा एउटा डान्स एकेडेमी पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण