शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राखी सावन्तका पति आदिल १४ दिन हिरासतमा रहने

बुधबार, २५ माघ २०७९, २१ : ११
बुधबार, २५ माघ २०७९

मुम्बई । अभिनेत्री राखी सावन्तका पति आदिल खान दुर्रानी १४ दिन हिरासत रहने भएका छन् । 

राखीले विवाहेत्तर सम्बन्ध र ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका आदिललाई अन्धेरी कोटले न्यायिक हिरासतमा पठाएको हो । समाचारका अनुसार उनी १४ दिन हिरासत बस्नेछन् ।

राखीले प्रहरीमा दर्ता गरेको एफआईआरमा आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको, घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको लगायतको आरोप लगाएकी छन् । आदिलले आफूलाई लामा समयदेखि यातना दिइरहेको समेत राखिको आरोप छ ।

राखी र आदिलले गत महिना मात्रै विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार आदिल र राखीले मे २०२२ देखि एकअर्कालाई डेट गर्थे । उनीहरुको मुम्बईमा एउटा डान्स एकेडेमी पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप