कुमार दसौदीको राजनीतिक यात्रा– तेस्रो पटकसम्म पराजय, चौथो पटक विजय

दाङ । राष्ट्रियसभा सदस्य लुम्बिनी प्रदेशको एक रिक्त पदमा नेकपा एमाले केन्द्रीय सदस्य कुमार दसौदी विजयी भएका छन् । आज सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा दसौदीले ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । दसौदीले प्रदेशसभा तर्फ ४३ र स्थानीय तहतर्फ १०९ मत प्राप्त गरेका छन् ।
दसौदीले नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३ सय ६ मतले पछि पारेका थिए । आचार्यले प्रदेशसभा तर्फ १ हजार ७७६ मतभार प्राप्त गरेका थिए भने स्थानीय तर्फ १ हजार ९४४ मतभार प्राप्त गरेका छन् । नेपाली काँग्रेसका आचार्यले प्रदेशसभा तर्फ ३७ र स्थानीय तहतर्फ १ सय ८ मत प्राप्त गरेका थिए । प्रदेशसभा सदस्यतर्फ ४८ र स्थानीय तहतर्फ १८ एक मतदाता बराबर मतभार रहेको छ ।
२०३६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका दसौदी ०४१ सालमा भुमिगत भए । २०४७ सालमा नेकपा एमाले रोल्पाको जिल्ला सदस्य जिम्मेवारी सम्हालेका उनले २०५० सालमा नेकपा एमालेको जिल्ला उपसचिवको जिम्मेवारी पाए । २०५२ सालमा राष्ट्रिय परिषद सदस्यको जिम्मेवारी सम्हाल्दै आएका उनी नेकपा एमालेको दशौं महाधिवेशन पछि केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी सम्हााल्दै आइरहेका छन् ।
राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित दसौदी रोल्पा क्षेत्र नं. २ बाट २०५१, ०५६ र ०७० सालमा लगातार तीन पटक प्रत्यक्ष निर्वाचनमा होमिएका थिए । तर उनले ३ पटक नै पराजय ब्यहोर्नुुपरेको थियो । दसौदीको राष्ट्रियसभा सदस्यको यो यात्रा चौथो पटकको यात्रा हो । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दसौदीले विजयीपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने–‘तेस्रो पटकसम्म लगातार पराजय भएँ, चौथो पटकमा बल्ल पार लागे ।’ उनले संसदमा आफ्नो उपस्थिति गरिबी विरुद्धको लडाइँ र न्यायका लागि रहने समेत बताएका छन् ।
गरिबीको रेखामुनि रहेका आम नागरिकको जीवनस्तर विकास र न्यायको खोजीमा बाँचिरहेका वर्ग समुदायको पक्षमा दृढतापूर्वक उभिने उनले बताए । उनले थपे– ‘संसद कानुुन निर्माणको थलो हो । जसमा मैले अब अन्यायमा परेका वर्ग समुदायको पक्षमा उभिने कानुुन बनाउने भूमिका खेल्ने छुु । अर्काे मुुुलुुक आर्थिक विकास पक्ष मेरो प्राथामिकतामा पर्नेछ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
-
पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’
-
सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
-
तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने एकीकृत समाजवादीको निर्णय
-
अब विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिऔँ : शिक्षाविद् कोइराला
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी