टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
काठमाडौँ । टर्कीका भूकम्प पीडितका लागि काठमाडौंमा संकलन गरिएको राहत सामाग्री कुबेतको जजिरा र टर्कीको टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने भएका छन् । काठमाडौंस्थित दुवै एयरलाइन्सका कार्यालयले नेपाली नागरिकहरुबाट संकलन गरिएका राहत सामग्री सित्तैमा टर्कीसम्म लगिदिने जानकारी दिएका हुन् ।
जजिराको हात्तीसारस्थित कार्यालयले नेपालको परराष्ट्र मन्त्रालयमार्फत संकलन हुने सबैखाले राहत सामग्री सित्तैमा टर्की पुर्याइदिने बताएको छ । त्यस्तै दरबारमार्गमा रहेको टर्किस एयरलाइन्सले पनि नेपालमा रहेको आफ्नो मुलुकको अवैतनिक वाणिज्य दूतावासमार्फत संकलन हुने राहत सामाग्री सित्तैमा टर्की पुर्याइदिने जनाएको छ ।
टर्किस एयरलाइन्सले सातामा ४ दिन इस्तानबुल–काठमाडौं सिधा उडान भर्दै आएको छ भने जजिराले हाल कुबेतबाट सातै दिन काठमाडौंमा उडान गर्दै आएको छ । टर्कीमा केही दिनअघि गएको शक्तिशाली भूकम्पका कारण आठ हजार बढीको मृत्यु भएको छ भने लाखौ मानिसहरु सार्वजनिक स्थलमा आश्रय लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण