टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने

काठमाडौँ । टर्कीका भूकम्प पीडितका लागि काठमाडौंमा संकलन गरिएको राहत सामाग्री कुबेतको जजिरा र टर्कीको टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने भएका छन् । काठमाडौंस्थित दुवै एयरलाइन्सका कार्यालयले नेपाली नागरिकहरुबाट संकलन गरिएका राहत सामग्री सित्तैमा टर्कीसम्म लगिदिने जानकारी दिएका हुन् ।
जजिराको हात्तीसारस्थित कार्यालयले नेपालको परराष्ट्र मन्त्रालयमार्फत संकलन हुने सबैखाले राहत सामग्री सित्तैमा टर्की पुर्याइदिने बताएको छ । त्यस्तै दरबारमार्गमा रहेको टर्किस एयरलाइन्सले पनि नेपालमा रहेको आफ्नो मुलुकको अवैतनिक वाणिज्य दूतावासमार्फत संकलन हुने राहत सामाग्री सित्तैमा टर्की पुर्याइदिने जनाएको छ ।
टर्किस एयरलाइन्सले सातामा ४ दिन इस्तानबुल–काठमाडौं सिधा उडान भर्दै आएको छ भने जजिराले हाल कुबेतबाट सातै दिन काठमाडौंमा उडान गर्दै आएको छ । टर्कीमा केही दिनअघि गएको शक्तिशाली भूकम्पका कारण आठ हजार बढीको मृत्यु भएको छ भने लाखौ मानिसहरु सार्वजनिक स्थलमा आश्रय लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँ : कप्तान लिम्बु
-
विभिन्न जिल्लामा ४ जना मृत फेला
-
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा
-
आइएमई एजेन्ट्समार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
-
रास्वपाले तोक्यो चौधरीलाई बारा २ को निर्वाचन संयोजक
-
वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता