टर्की, सिरियामा भूकम्पमा परी १२ हजार मानिसको मृत्यु, अर्दोआनले गरे सरकारको बचाउ
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पपछिको अवस्थालाई सम्हाल्ने विषयमा उठेका प्रश्नमा सरकारको बचाउ गरेका छन् ।
उनले भने, ‘यति स्तरसम्म विपद्का लागि तयार रहन असम्भव छ ।’
टर्की र उत्तरी सिरियामा सोमबार आएको भूकम्पमा हालसम्म १२ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । आलोचकहरूले आपत्कालीन सेवा सुस्त गतिमा काम गरिरहेको र सरकारको तयारी पनि ठिक नभएको बताउँछन् ।
राष्ट्रपति अर्दोआनले केहि समस्याहरू भएको स्वीकार गर्दै अवस्था अब ‘नियन्त्रणमा’ भएको बताएका छन् । तर, टर्कीको मुख्य विपक्षी दलका नेता केमेल कुलुचतारोलोले यसमा असहमति जनाएका छन् ।
उनले भने, ‘यदि कोही यसका लागि जिम्मेवार छन् भने ती अर्दोआन नै हुन् ।’
राष्ट्रपतिले यी आरोपहरूको खण्डन गर्दै विपद्को समयमा एकता आवश्यक रहेको बताए । उनले पत्रकारसँगको कुराकानीमा भने, ‘यस्तो अवस्थामा मलाई राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउने मानिसहरू सहन गाह्रो छ ।’
सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्वले पूर्वाधारलाई ध्वस्त पारेको छ, यसले सहायता पुर्याउन गाह्रो बनाएको छ ।
भूकम्पपछि टर्की र सिरिया बीचको बाब अल–हवा क्रसिङ पूर्ण रूपमा बन्द छ र सडक अवरुद्ध भएका छन् ।
संयुक्त राष्ट्रका एक अधिकारीले सडक छिट्टै पहुँच योग्य हुने बताए । टर्कीका विदेश मन्त्री मेभलुत चेवुशोग्लुले सिरियामा सहयोग पुग्ने गरी दुवैतर्फको सिमाना थप खोल्न सक्ने बताएका छन् ।
युरोपेली सङ्घले सरकारको अनुरोधमा सिरियालाई ३.५ मिलियन युरो (३१ करोड रुपैयाँ)को सहायता पठाएको पुष्टि गरेको छ । तर, यो सहयोग सरकार र विद्रोही दुवैको नियन्त्रणमा रहेको क्षेत्रमा पुग्नुपर्ने छ ।
इदलिब प्रान्तमा १५०० भन्दा बढी मानिस मारिएका छन् । सिरियाका राष्ट्रपति बसर अल–असदका सल्लाहकारले प्रतिबन्धले सिरियालाई अति आवश्यक सहायता प्राप्त गर्नबाट रोकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण