शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री किरातीद्वारा तेस्रो पटक विमानस्थलको अनुगमन

बिहीबार, २६ माघ २०७९, ०९ : ५३
बिहीबार, २६ माघ २०७९

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन गरेका हुन् । 

तेस्रो पटक अनुगमनमा पुगेका उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’

एयरपोर्टको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्युआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा समेत मन्त्री किरातीले व्यक्त गरे।  हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्था समेत एयरपोर्टमा गरिएको छ । यसले आफूलाई नभएर  सेवाग्राहीलाई सन्तुष्ट बनाउने मन्त्री किरातीले बताए । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको पनि उनले बताए। 

उनले भने, ‘यहाँ भएका सुधारहरू मेरा लागि होइन । तपाईंहरुको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो एयरपोर्टप्रति उहाँहरुलाई अपनत्व पनि महसुस गराउनेछ ।’

साथै मन्त्री किरातीले पाँच सय ट्रलीको मूल्यंकन गरी आर्थिक प्रस्तावना समेत तयार गर्न निर्देशन दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप