विवेकशील साझाको महाधिवेशनको तयारी पुरा
बिहीबार, २६ माघ २०७९, १५ : ४८
काठमाडौँ । विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पुरा भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पुरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । शुक्रबारबाट सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण