विवेकशीललाई शुभकामना दिँदै रवीन्द्र मिश्रले भने, ‘हाम्रो विचारमा अन्तर भए पनि, नियतमा अन्तर छैन’
शुक्रबार, २७ माघ २०७९, १० : ५४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज देखी काठमाडौँमा सुरु हुने विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै नियतमा अन्तर नभएको बताएका छन्।
‘विचार भन्दा माथि देश’ भन्दै विवेकशील साझा परित्याग गरेर राप्रपा परित्याग गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेशन सफलताको शुभकामना दिएका हुन् ।
'विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन', उनले भनेका छन्, 'हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु' उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
-
बङ्गलादेशमा नेपाली फुड फेस्टिभल भव्यताका साथ सम्पन्न
-
प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो
-
एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
-
अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने