फ्राईडे रिलिज : ‘मनसँग मन’ भर्सेज ‘आँधी तुफान २’

काठमाडौंँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्– ‘मनसँग मन’ र ‘आँधी तुफान २’ । दुबै फिल्म देशभर एकअर्काेसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका हुन् । खासै प्रचारप्रसार नभएको दुबै फिल्मले राम्रो ब्यवसाय गर्न आस भने निर्माण युनिटको छ ।
मनसँग मन
कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’ मा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारको मुख्य अभिनय रहेको फिल्म हो । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको समेत अभिनय रहेको छ । अभिनेता पुष्पको यसअगाडि ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको थियो । ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ बाट ब्यवसायिक असफलता भोगेका उनलाई यो फिल्म सफल हुनुपर्ने दबाव छ । फिल्म प्रेमकथामा बनेको हो ।
आँधी तुफान २
मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधीतुफान २’ एक्सन बिषयमा बनेको फिल्म हो । आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय फिल्ममा छ । फिल्मका निर्देशक मदन घिमिरे हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट