फ्राईडे रिलिज : ‘मनसँग मन’ भर्सेज ‘आँधी तुफान २’
काठमाडौंँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन्– ‘मनसँग मन’ र ‘आँधी तुफान २’ । दुबै फिल्म देशभर एकअर्काेसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका हुन् । खासै प्रचारप्रसार नभएको दुबै फिल्मले राम्रो ब्यवसाय गर्न आस भने निर्माण युनिटको छ ।
मनसँग मन
कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’ मा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारको मुख्य अभिनय रहेको फिल्म हो । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको समेत अभिनय रहेको छ । अभिनेता पुष्पको यसअगाडि ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको थियो । ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ बाट ब्यवसायिक असफलता भोगेका उनलाई यो फिल्म सफल हुनुपर्ने दबाव छ । फिल्म प्रेमकथामा बनेको हो ।

आँधी तुफान २
मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधीतुफान २’ एक्सन बिषयमा बनेको फिल्म हो । आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय फिल्ममा छ । फिल्मका निर्देशक मदन घिमिरे हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण