सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीको शपथसँगै मन्त्रिमण्डल विस्तारको तयारी
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै मन्त्रिमण्डल विस्तारको तयारी समेत गरिएको छ । जसको लागि उनको सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ । कांग्रेसको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहलाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीको समर्थन छ ।
मन्त्रिमण्डल विस्तारका लागि कांग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसबाट मन्त्रिमण्डलको आकार निर्क्योल हुने कांग्रेसका एक जना प्रदेशसभा सदस्यले बताए । तथापि पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुनसक्ने बताइएको छ । एकताका संसदीय दलको नेताको दाबी गरेका अछामबाट निर्वाचित प्रदेशसभा सदस्य मेघराज खड्काको पनि मन्त्री हुने सम्भावना बलियो छ । उनी कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् । त्यस्तै, कांग्रेसभित्र प्रकाश देउवाको चर्चा पनि उत्तिकै छ ।
त्यस्तै, एकीकृत समाजवादीबाट पनि मन्त्री थपिने भएका छन् । नेकपा एकीकृत समाजवादीभित्र संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ । तर सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ । त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य डा.तारा जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।
अघिल्लो सरकारमा सहभागी भएको माअोवादी केन्द्रलाई समेत सरकारमा ल्याउने छलफल भइरहेको छ । माओवादी सरकारमा आए विश्वासको मत पाउन सजिलो हुने कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश बम बताउँछन् । तर माओवादीले भने अहिलेसम्म सरकारमा जानेबारे मुख खोलेको छैन ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य रमेश धामीले वर्तमान परिस्थिति र प्रदेशसभाको गरिमा र अस्तित्वलाई सम्मान गर्दै अगाडि बढ्ने तर तत्काल सरकारमा नजाने बताए । तर कांग्रेसले कसरी प्रदेश सरकार चलाउने भन्ने रणनीति बनाएको छ, त्यसको आधारमा आफूहरुले पाइला चाल्ने समेत धामीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण