साफ यू–२० उपविजेता नेपाली टोली स्वदेश फर्कियो
शुक्रबार, २७ माघ २०७९, १४ : ४२
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगिता खेलेर नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बन्यो भने बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण