शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिममा एकीकृत समाजवादी सरकारमा जाने

शुक्रबार, २७ माघ २०७९, १४ : ५५
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ । एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका थिए । आज मुख्यमन्त्री शाहले शपथ लिँदैछन् । मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिए । 

‘हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले रातोपाटीसँग भने । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप