सत्ता गठबन्धनमा विश्वासको सङ्कट
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति साझा पद भएको भन्दै राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा गठबन्धन बैठकमा दोहो-याएका छन् । राष्ट्रिय सहमति कायम भए धेरै राम्रो हुने भन्दै त्यसका लागि प्रयास गर्नुपर्ने प्रस्ताव दाहालले गरेका थिए ।
तर एमाले अध्यक्ष ओलीले पुस १० गते नै राष्ट्रपतिसहितका विषयमा सहमति भइसकेको जनाउँदै आफ्नै पुरानो कुरा दोहोर्याएका थिए । पूर्वसहमतिविपरीत दलहरू प्रस्तुत हुँदा एमाले नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकार ढलेको भन्दै विश्वासको सङ्कट बढेको धारणा राखेका थिए । प्रतिनिधिसभाको बैठकपछि एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'हेर्दै जाऊँ ।' पूर्वसहमतिअनुसार माओवादी एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा नरहेको बुझेका ओलीले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेका छन् । ठाकुरलाई माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा अघि सार्न सक्ने बुझेका ओलीले सोहीअर्न्तगत कुरा गरेको स्रोतको दाबी छ । यद्यपि राष्ट्रपतिमा एमालेका तर्फबाट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केशव बडाल, अष्टलक्ष्मी शाक्यसहितका नेताका नाम चर्चामा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण