कविता
कविता : म कस्तो छु ?
शनिबार, २८ माघ २०७९, १० : ३२

म कस्तो छु ?
खोइ म कस्तो छु ??
कहिले लाग्छ म आफै जस्तो छु
कहिले लाग्छ म अरू जस्तो छु
थाहा छैन मलाई कि म कस्तो छु
आफै जस्तो छु वा अरू जस्तो छु ।
खोइ म कस्तो छु ?
कहिले आफ्नै स्वाभिमानमा अडिग
कर्मठ योद्धा जस्तो छु
कहिले आफ्नै छायासँग भागी हिँड्ने
कायर मनुवा जस्तो छु
खोइ म कस्तो छु ?
हो, म हिजो जस्तो थिएँ,
आज त्यस्तै छु
तिमी स्वीकार वा नकार मलाई
म यस्तै छु,
म यस्तै छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
-
लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल
-
सम्बन्धमा मलजल जरुरी
-
सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
-
संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई निर्देशन