आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

शनिबार, २८ माघ २०७९, १३ : ५६
शनिबार, २८ माघ २०७९

कोपनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो ।  

डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ।

यद्यपि, डब्लुएचओले कोभिड–१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ ।   

डब्ल्युएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न  र दादुराको निगरानी बढाउन आग्रह गरेको छ। सन् २०१८ र २०१९ ठूला दादुराको प्रकोपपछि, लगभग  दुई लाख जनामा सङ्क्रमणका घटनाहरू उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप