डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह
कोपनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो ।
डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ।
यद्यपि, डब्लुएचओले कोभिड–१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ ।
डब्ल्युएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ। सन् २०१८ र २०१९ ठूला दादुराको प्रकोपपछि, लगभग दुई लाख जनामा सङ्क्रमणका घटनाहरू उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण