बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बिहेभोज खाएर फर्किँदा भीरबाट लडेर एक पुरुषको मृत्यु

शनिबार, २८ माघ २०७९, १६ : ५१
शनिबार, २८ माघ २०७९

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए । 

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप