लेस्टरले टोटेनहमलाई हरायो
शनिबार, २८ माघ २०७९, २३ : १६
एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहममाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लेस्टरले टोटेनहमलाई ४–१ गोल अन्तरले हराएको हो । रोड्रिगो बेन्टानकुरले खेलको १४ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
लेस्टरका लागि खेलको २३ औं मिनेटमा नाम्प्लेस मेन्डीले बराबरी गोल गरे । खेलको २५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । केलिची इहानाचोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाए ।
खेलको ८१ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई ४–१ को जित दिलाए । जितसँगै लेस्टरले २२ खेलमा २४ अंक जोडेर लेस्टर १३ औं स्थानमा छ । यता टोटेनहम ३९ अंक जोडेर पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण