शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

ट्याक्टरले किचेर बिरामीको मृत्यु

आइतबार, २९ माघ २०७९, १४ : १५
आइतबार, २९ माघ २०७९


सुर्खेत ।  जाजरकोटमा ट्याक्टरले किचेर एक जना प्यारालाईसिसका बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–५ दम्दलाका ६० बर्षीय खड्क थापा रहेका छन् । 

उनलाई सदरमुकाम खलंगाबाट सोही पालिकाको दम्दला तर्फ जाँदै गरेको भे.२त.३०९ न.को ट्याक्टरले किचेको हो । ट्याक्टर चालक पनि सोही ठाउँकै ३१ वर्षीय जीतबहादुर नेपाली रहेका थिए । प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक थापा चालक सँगैको सिटमा बसिरहेका थिए । 
उनी एक्कासी खसेको र  सोही ट्याक्टरको ट्रालीको बाँया तर्फको टायरले च्यापिएर मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?