शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?

शुक्रबार, १९ असार २०८३, ०० : ४६
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को निकै  खेलमा आज दुई शक्तिशाली युरोपेली टोली स्पेन र अस्ट्रिया आमनेसामने भएका छन्। 

अमेरिकाको लस एन्जलस स्टेडियममा सुरु भएको  खेलमा दुवै टोली अर्को चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्। 
विश्व वरीयताको दोस्रो स्थानमा रहेको स्पेनका लागि यो खेल आफ्नो साख जोगाउने ठूलो चुनौती बनेको छ। स्पेनले सन् २०१० मा विश्वकप जितेयता नकआउट चरणमा एउटा पनि खेल जित्न सकेको छैन। अघिल्ला दुई विश्वकपमा स्पेन पहिलो नकआउट चरणबाटै बाहिरिएको थियो। युवा प्रतिभा ल्यामिन यामल र उच्च लयमा रहेका स्ट्राइकर मिकेल ओयार्जाबालको उपस्थितिमा स्पेन आज त्यो १६ वर्ष लामो जितविहीन यात्रालाई अन्त्य गर्न चाहन्छ। 

पछिल्ला ३४ खेलदेखि कुनै पनि युरोपेली राष्ट्रसँग पराजित नभएको स्पेनको रक्षापंक्ति पनि निकै मजबुत देखिएको छ, जहाँ गोलकिपर उनाई सिमोनले पछिल्ला तीन खेलमा कुनै गोल खाएका छैनन्।

अर्कोतर्फ, राल्फ राङ्गनिकको प्रशिक्षणमा रहेको अस्ट्रियाले पछिल्लो समय विश्व फुटबलमा सनसनी मच्चाइरहेको छ। सन् १९५४ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेको अस्ट्रियाका लागि यो खेल ऐतिहासिक महत्त्वको छ। 

मार्सेल सावित्जर र अनुभवी मार्को अर्नाउटोविच जस्ता अनुभवी खेलाडीहरूको साथ पाएको अस्ट्रियाले स्पेनलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ। प्रशिक्षक राङ्गनिकले टोलीमा ल्याएको ‘हाइ प्रेसिङ’ फुटबल शैलीले स्पेनिस 

यसपटकको विश्वकपमा जर्मनी र नेदरल्यान्ड्स जस्ता दिग्गज टोलीहरू यसअघि नै बाहिरिसकेका कारण स्पेन थप दबाबमा छ। कुनै पनि सानो गल्तीले प्रतियोगिताबाट बाहिरिनुपर्ने डर दुवै टोलीमा देखिन्छ। आजको यस रोमाञ्चक भिडन्तमा जसले जित निकाल्नेछ, उसले अन्तिम १६ को खेलमा पोर्चुगल वा क्रोएसियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?