टर्की र सिरियाको भूकम्प पीडितको मद्दतमा जुटिन् हलिउड अभिनेत्री एन्जेलिना जोली
मुम्बई । टर्की र सिरियामा गएको भूकम्पले मच्चाएको बिनाशबाट पीडितको मद्दतमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोली अगाडि आएकी छन् । उनी सबैलाई भूकम्प पीडितलाई सहयोग गर्न अपिलसहित मद्दतमा देखिएकी हुन् ।
जोलीले टर्की र सिरियाको प्रकोपको हृदयविदारक तस्बिर इन्स्टाग्राममा शेयर गर्दै सहयोगको हात बढाएकी हुन् ।
उनले उद्धार कार्यक्रममा सहभागी व्यक्तिको भिडियो समेत पोष्ट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेकी छन् ।
यस बाहेक उनले पोष्ट गरेको तस्बिरमा भग्नावशेषमा फसेकी छोरीको हात समातेर एक बुबा बसिरहेको समेत छ ।
तस्बिरका साथ उनले लेखेकी छन्, ‘मेरो मन सिरिया र टर्कीका जनतासँग छ । मैले मद्दत गर्ने बिचार गरेकी छु । सबैले मद्दत गर्ने आसा गर्दछु ।’
अभिनेत्री जोलीको यो पोष्टमा थुप्रै फ्यानले कमेन्ट गर्दै आभार प्रकट गरेका छन् । टर्कीका एक सामाजिक प्रयोग कर्ताले जोलीको पोष्टमा लेखेका छन् ‘धन्यवाद’ । अर्का एकले लेखेका छन्, ‘सबै सेलिब्रेटीको तपाईँको जस्तै मुटु भए हुन्थ्यो ।’
गत ६ फेब्रुअरिमा टर्की र सिरियामा ७.८ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले दुबै देशमा हजारौँले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण