इरानी विद्यार्थीले लगाइन् राखी सावन्तका श्रीमान् आदिलविरुद्ध बलात्कारको आरोप
राखी सावन्तका श्रीमान् आदिल खान दुर्रानीको समस्या बढ्दै छ । एकातिर राखीले आदिलविरुद्ध कुटपिट गरेको र धोका दिएको आरोप लगाएकी छिन् भने यसैबीच अब आदिल खानविरुद्ध बलात्कारको उजुरी दिएको खबर छ । रिपार्टका अनुसार इरानकी एक विद्यार्थीले आदिलमाथि बलात्कारको उजुरी दिएकी हुन् ।
आदिलविरुद्ध इरानी युवतीले प्रहरीमा दिइन् उजुरी
राखी सावन्तका श्रीमान् आदि खानविरुद्ध मैसुरमा एफआरआई दर्ता भएको छ । आदिलविरुद्ध इरानकी एक विद्यार्थीले मैसुरको विवी पुरम थानामा बलात्कारको उजुरी दर्ता गरेकी हुन् ।
जानकारीका अनुसार इरानकी एक विद्यार्थी मैसुरमा डाक्टर अफ फार्मेसीको पढाईका लागि भारत आएकी थिइन् । ती विद्यार्थीले आदिल खानलाई डेजर्ट ल्याब फुड अड्डामा भेटेकी थिइन् । आदिल ती फुड आउटलेटका मालिक थिए । यी दुईबीच क्रमशः निकटता बढ्दै गयो ।
आदिलमाथि बलात्कारको आरोप
उजुरीका अनुसार इरानी विद्यार्थीले आदिलमाथि आरोप लगाउँदै उनले विवाहको प्रलोभन देखाएर मैसुरको एक अपार्टमेन्टमा उनलाई बलात्कार गरे जहाँ उनीहरु सँगै बस्दथे । जानकारीका अनुसार इरानी युवतीले पाँच महिना अघि जब आदिललाई विवाह गर्न प्रस्ताव गरिन् तब उनले अस्वीकार गरिदिए । विद्यार्थीका अनुसार आदिलको उनीजस्तै अन्य धेरै युवतीसँग यस्तै खालको सम्बन्ध छ ।
आरोपका अनुसार जब विद्यार्थीले विवाह नगर्ने भए प्रहरीलाई यसबारे खबर गरिदिने भन्दै आदिललाई धम्की दिइन् तब उनले स्न्यापच्याटमा दुई मोबाइल नम्बरबाट ती विद्यार्थीका केही इन्टिमेट तस्बिर उनलाई पठाइन् । उनले प्रहरीलाई ती दुवै फोन नम्बर पनि बताइन् । आदिलले विद्यार्थीलाई प्रहरीलाई भन्ने हो भने उनका यी तस्बिर सोसल मिडियामा सेयर गरिदिने र उनको परिवारलाई पनि पठाइदिने धम्की दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण