विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि, श्रम स्वीकृति लिने ६४.६ प्रतिशतले बढे

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को छ महिनासम्ममा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको सरकारले जनाएको छ ।अर्थमन्त्री विष्णु पौडेलेले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसारविप्रेषण आप्रवाहरू.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई रू.६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता
-
छुटे धवलशमशेर, ३ तस्बिरमा हेर्नुहोस्
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)