बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
तीनकुने घटना

३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा

सोमबार, ०२ असार २०८२, १९ : ३४
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटी बुझाएर रिहा भएका छन्।
  • राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो, जुन २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित छ।
  • राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी गरिएको थियो भने राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र अझै सम्पर्कबाहिर छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । सोमबार ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । 

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । 

राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो । 

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि सम्पर्कबिहीन   थिए । राणा आज आफैँ अदालतमा उपस्थित भएकोमा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र अझैं सम्पर्कबाहिर छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप