शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

आइतबार, २९ माघ २०७९, १७ : ५९
आइतबार, २९ माघ २०७९

काठमाडौँ । प्रनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

घले नेपाली कांग्रेसबाट वि.सं. २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप