जिल्ला कमिटीमा पनि नपरेपछि माओवादी नेतृले त्यागिन् पार्टी
दाङ । लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।
वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको रातोपाटीलाई जानकारी दिइन् ।
‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, उनले रातोपाटीसँग भनिन्, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’ माघ २२ गते माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उनको गुनासो छ ।
उनका श्रीमान् तत्कालीन सांसद उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।
नेकपा विघटन भएपछि वलीले माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनीमा शङ्कर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण