मानव बेचबिखनको आरोपमा एकजना होटल व्यवसायी पक्राउ
रुपन्देही । मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन् ।
दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
२०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए । पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो ।
बुटवलमा हालैमात्र सरुवा भई आएका प्रहरी नायब उपरीक्षक थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरुद्धको उजुरीको फाइल अनुसन्धानका लागि अगाडि बढाएपछि उनीहरू पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीले अहिले पराजुली र पूजा दुवैजना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण