संघीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री यादव
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन् । सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताए ।
उनले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गरे । उनले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहिरहने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानुनहरु पास गर्नेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाई पनि इमान्दारका साथ कानुनहरु जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामति ऐन, लगायत नागरिकता विधेयक सम्बन्धी, सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ । यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ ।’
मुख्यमन्त्री यादवले भने, ‘आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधिसभाबाट नयाँ आएका केही पार्टीका नेताहरु काठमाडौँमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन । हजारौँ बलिदान पछि आएको संघीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म यो देशमा संघीयता रहन्छ । संघीयता जानेवाला छैन ।’
जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण