सावाँ ब्याज गरी ६ महिनामा १ खर्ब सार्वजनिक ऋण भुक्तानी
सोमबार, ०१ फागुन २०७९, २३ : ५५
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा सावाँ ब्याज गरी १ खर्ब बढी सार्वजनिक ऋणको भुक्तानी गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य ऋणको ६४ अर्ब ५ करोड ४ लाख रुपैयाँ सावाँ र ३७ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।
समीक्षा अवधिमा सबैभन्दा बढी आन्तरिक ऋणको ८३ अर्ब ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ १८ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आन्तरिकतर्फ ४९ अर्ब ४२ करोड २० लाख रुपैयाँ सावाँ र ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ ब्याज भुक्तानी भएकोमा बाह्यतर्फ क्रमशः १४ अर्ब ६२ करोड ८३ लाख र ४ अर्ब २२ करोड ३२ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण