शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सावाँ ब्याज गरी ६ महिनामा १ खर्ब सार्वजनिक ऋण भुक्तानी

सोमबार, ०१ फागुन २०७९, २३ : ५५
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा सावाँ ब्याज गरी १ खर्ब बढी सार्वजनिक ऋणको भुक्तानी गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य ऋणको ६४ अर्ब ५ करोड ४ लाख रुपैयाँ सावाँ र ३७ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो । 

समीक्षा अवधिमा सबैभन्दा बढी आन्तरिक ऋणको ८३ अर्ब ३ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ १८ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

आन्तरिकतर्फ ४९ अर्ब ४२ करोड २० लाख रुपैयाँ सावाँ र ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ ब्याज भुक्तानी भएकोमा बाह्यतर्फ क्रमशः १४ अर्ब ६२ करोड ८३ लाख र ४ अर्ब २२ करोड ३२ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप