जनकपुर अस्पताल : मेसुका भान्जा र सांसदकी श्रीमती छाड्दैनन् सरकारी निवास
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको कर्मचारी निवास अनधिकृत रूपमा प्रयोग हुँदै आएको छ । अस्पतालको कर्मचारी निवास सांसदकी श्रीमतीले अनधिकृत रूपमा प्रयोग गर्दै आएकी छिन् ।
उनले उक्त निवास खाली गर्न नमानेको बताइएको छ । अस्पतालले उक्त निवास खालि गर्न सूचना जारी गरेपनि उनले अटेरी गर्दै आएकी हुन् ।
धनुषा ४ बाट प्रदेश सभा निर्वाचित सांसद शेष नारायण यादवकी श्रीमती प्रेमा ढकालले खाली गर्न नमानेको अस्पतालका उपनिर्देश कृष्ण देव दासले बताए । उनका अनुसार उक्त निवास अरू कर्मचारीले खाली गरेपनि सांसद यादवकी श्रीमती ढकाल र पूर्व मेसु प्रमोद कुमार यादवका भान्जाले प्रयोग गर्दै आएको निवास खाली हुन बाँकी रहेको छ ।
पूर्व मेसु यादवको सरुवा गत असारमै भएपनि उक्त निवासमा भान्जा बस्दै आएका छन् । यस्तै ढकालको सेवा अवधि सकिएपनि निवास खालि गर्न नमानेको उपनिर्देशक दासले बताए । 'कर्मचारी निवास खाली गर्न उहाँहरूलाई पटकपटक जानकारी गराएको छु', दासले भने, 'अब पनि खाली नगरे पानी र विद्युतको लाइन काटेर कानुन अनुसार कारबाही अगाडि बढाउँछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण