आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आह्वान
काठमाडौँ । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायत मजदुरको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनरत मजदुरलाई वार्तामा बोलाएका हुन् ।
मन्त्री श्रेष्ठले मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत मजदुरहरुलाई आग्रह गरिएको बताए ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ।
विभागका महानिर्देशक गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।
सोमबार नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन चर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण