शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आह्वान

सोमबार, ०१ फागुन २०७९, २१ : ३९
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायत मजदुरको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनरत मजदुरलाई वार्तामा बोलाएका हुन् । 

मन्त्री श्रेष्ठले  मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।   यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत मजदुरहरुलाई आग्रह गरिएको बताए ।

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ। 

विभागका महानिर्देशक गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।
सोमबार नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि यातायात मजदुरहरूले माछापोखरी क्षेत्रमा आन्दोलन चर्काएका थिए । 
 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप