आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२८ दिनपछि मधेस प्रदेशसभाको बैठक बस्दै

मङ्गलबार, ०२ फागुन २०७९, १० : ३७
मङ्गलबार, ०२ फागुन २०७९

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज २८ दिनपछि बस्दैछ । गत माघ ४ गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

सभामुख रामचन्द्र मण्डलद्वारा आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप