ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु
मङ्गलबार, ०२ फागुन २०७९, १३ : ११
पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार नागेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए । साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए । उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको जिप्रका पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार