ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु
मङ्गलबार, ०२ फागुन २०७९, १३ : ११
पर्सा। पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार नागेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए । साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए । उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको जिप्रका पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण