शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बीबीसीको दिल्ली र मुम्बई अफिसमा आयकर विभागको छापा, फोन जफत गरेर कर्मचारीलाई घर पठाइयो

मङ्गलबार, ०२ फागुन २०७९, १३ : २७
मङ्गलबार, ०२ फागुन २०७९

मिडिया संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग पुगेको बताइएको छ । जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ । आजतकले स्रोतलाई उद्धृत गर्दै सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको छ । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको कारवाहीको जानकारी दिइएको पनि बताइएकाे छ ।

यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएकाे छ । यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।

कांग्रेसले भन्यो – अघोषित आपतकाल

यता कांग्रेसले ट्वीट गर्दै यसलाई अघोषित आपतकाल बताएको छ । टिएमसी सांसद महुआ मित्राले भनिन्, ‘यो अचम्मित गर्ने खालको’

बीबीसीको अफिसमा आइटीको छापाको खबरलाई टिएमसी सांसद महुआ मोइत्राले अचम्मित गर्ने खालको बताएको छ । मोइत्राले ट्वीट गरिन् – बीबीसीको दिल्ली कार्यालयमा आयकरको छापामारी.... कस्तो अपत्यारिलो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप