बीबीसीको दिल्ली र मुम्बई अफिसमा आयकर विभागको छापा, फोन जफत गरेर कर्मचारीलाई घर पठाइयो
मिडिया संस्था बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग पुगेको बताइएको छ । जानकारीका अनुसार छापामारीमा ६० देखि ७० जना आयकर विभागको टोली संलग्न रहेको छ । आजतकले स्रोतलाई उद्धृत गर्दै सबै कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको छ । लण्डनस्थित बीबीसीको कार्यालयमा छापामारीको कारवाहीको जानकारी दिइएको पनि बताइएकाे छ ।
यता आयकर विभागको स्रोतले यो आयकर विभागको समूहको सर्वेक्षण भएको बताएकाे छ । यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।
पहले BBC की डॉक्यूमेंट्री आई, उसे बैन किया गया।
— Congress (@INCIndia) February 14, 2023
अब BBC पर IT का छापा पड़ गया है।
अघोषित आपातकाल
कांग्रेसले भन्यो – अघोषित आपतकाल
यता कांग्रेसले ट्वीट गर्दै यसलाई अघोषित आपतकाल बताएको छ । टिएमसी सांसद महुआ मित्राले भनिन्, ‘यो अचम्मित गर्ने खालको’
बीबीसीको अफिसमा आइटीको छापाको खबरलाई टिएमसी सांसद महुआ मोइत्राले अचम्मित गर्ने खालको बताएको छ । मोइत्राले ट्वीट गरिन् – बीबीसीको दिल्ली कार्यालयमा आयकरको छापामारी.... कस्तो अपत्यारिलो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण