संघीय निजामती ऐनबारे ट्रेड युनियनका पदाधिकारीसँग छलफल, अधिकारी कटौती नगर्न आग्रह
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् ।
संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज सिंहदरबास्थित मन्त्रत्रालयमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी कर्मचारी मञ्च लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
ट्रेड युनियनका पदाधिकारीहरुले ऐन ल्याउँदा यसअघि उल्लेख भएका आफूहरुको अधिकारी कटौती नगर्न सुझाव दिए । त्यसका साथै कर्मचारीका हक हितलाई केन्द्रमा राखी समयसापेक्षताको आधारमा ऐन ल्याउनुपर्नेमा उनीहरुको सुझाव थियो ।
परामर्श लिने क्रममा मन्त्री मोदीले सबैको भावनालाई एकत्रित गरेर ऐन ल्याउने बताए । “सबैको भावना समेटेर हामी ऐन ल्याउँछौँ, सबैसँग राय लिने क्रममा छु, कर्मचारीहरुको हितलाई केन्द्रमा राखेर नै हामी ऐन ल्याउने दिशामा छौँ” उनले भने ।
मन्त्री मोदीले ऐनको सन्दर्भमा यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव लगायतसँग छलफल गरिसकेका छन् ।
मन्त्रालयले यस अघि तयार भएको मस्यौदालाई संघीयता कार्यान्वयनको अहिलेसम्मको अनुभव, विकसित नयाँ घटनाक्रम र नेपालको आवश्यकतालाई आधारमा मानेर परिमार्जनसहित ऐन ल्याउने गृहकार्य गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण