सांसद हरि ढकाल : झोलामा गाई पाल्नेले झोलामै अनुदान पाए, वडाबाटै कृषि अनुदान किन नबाँड्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कृषि अनुदान वितरणमा चरम भ्रष्टाचार हुने गरेको भन्दै भष्टाचार बिरुद्ध सोही विषयबाट छानबिन अगाडि बढाउनुपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद ढकालले किसानका मल बीउका समस्याहरूका प्रत्येक बैठकमा सांसदहरूले उठाए पनि त्यसको सुनुवाइ नभएको बताए । उनले वास्तविक किसानले सुविधा नपाएको बताउँदै भने– ‘झोलामा गाई पाल्ने, झोलामा खेती लगाउने ती झोले किसानहरूलाई त्यही संरचनाबाट झोलामै अनुदान हालिदिएको छ, अनुदानको व्यापक दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ । सबभन्दा पहिला भष्टाचारको छानबिन गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गरौँ ।’
उनले जो किसानले काठमाडौँका बच्चाहरूका दूध पठाउँछन् ती किसानका अनुदान पनि नछोड्नेहरू पापी भएको सांसद ढकालको टिप्पणी थियो । विभिन्न अनुदानको कुरा गर्दा, नीति र थिति बसाल्ने कुरा गर्दा एक द्वार प्रणालीबाट वडा मै अनुदान पठाइदिए हुँदैन कृषि अनुदान ? भन्दै प्रश्न गरे ।
उनले भने– ‘वडामा पठाए त तल्लो घरकोले खेती गरेको छ कि छैन, माथ्ला घरेले गाई पालेको छ कि छैन सबै थाहा हुन्छ अनुगमन नै गर्नुपर्दैन । अब कृषि अनुदान वडाबाटै वितरण गर्ने नीति बनाऊँ र पालिकामा नै अनुदान पठाउने व्यवस्था गरौँ । खरिद ऐन संशोधन गरौँ, मल खरिद गर्नका लागि मल खरिद गर्ने स्वायत्त अधिकार पालिकालाई दिऔँ ।’ उनले किसानका समस्या समाधानका लागि काम गर्न कृषि मन्त्रीलाई ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण