अन्तरवार्तामा मास्क लगाएर आउन कम्पनीद्वारा आग्रह
अन्तरवार्तामा अनुहार हेरेर जागिर पाउने जोखिम नहोस् भन्दै एक कम्पनीले आवेदकहरुलाई मास्क लगाएर अन्तरवार्तामा आउन आग्रह गरेको छ । चीनको चेङ्दुमा रहेको एक कम्पनीले रोजगारका लागि आवेदन दिने व्यक्तिहरू र काम दिलाउने रिक्रुटर्सलाई मास्क लगाउन निर्देशन दिएको छ ।
चेङ्दु एन्ट लोजिस्टिकले चीनको सोसल मिडियामा आफ्नो भर्ती प्रक्रियालाई राखेपछि यो भाइरल भएको छ । यसका समाचार पनि बने । जागिरका लागि अन्तरवार्ता दिन गएका एक व्यक्तिले खिचेको उक्त भिडियो छोटो छ । यसमा अन्तरवार्ता लिने र दिने दुवैले मास्क लगाइरहेको देख्न सकिन्छ ।
उक्त भिडियोबारे कम्पनीले पनि प्रतिक्रिया दिएको छ । कम्पनीले भनेको छ, ‘भिडियो हालै सम्पन्न द्वि वार्षिक भर्ती मेलामा खिचिएको हो । बाहिरी आवरणको आधारमा कुनै पूर्वाग्रह नहोस् भन्दै मास्क लगाउन भनिएको हो ।’
चीनको लजिस्टिक कम्पनीले थपेको छ, ‘यो अचम्मको भर्ती प्रक्रिया आवेदन दिएकाहरूको तनावको स्तर घटाउनका लागि पनि अपनाइएको हो । यसका साथै, कम्पनीले मानिसको आवरणलाई भन्दा व्यक्तिगत क्षमतालाई बढी महत्त्व दिन्छ भन्ने कुरालाई पनि हामी जोड दिन चाहन्छौँ ।’
यो भिडियोले धेरैको सकारात्मक कमेन्ट बटुलिरहेको छ । ती मध्ये धेरैले नयाँ जागिरको आवेदन दिने बेलामा आफूलाई मास्क लगाउन कुनै आपत्ति नभएको पनि बताइरहेका छन् ।
यसमा एक जनाले भनेका छन्, ‘यो समानता हो । राम्रो अनुहारलाई प्राथमिकता दिइनु हुन्नँ ।’
यद्यपि, कम्पनीले दिएको स्पष्टीकरणको सत्यतामा शङ्का गर्नेहरू पनि धेरै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण