अन्तरवार्तामा मास्क लगाएर आउन कम्पनीद्वारा आग्रह

अन्तरवार्तामा अनुहार हेरेर जागिर पाउने जोखिम नहोस् भन्दै एक कम्पनीले आवेदकहरुलाई मास्क लगाएर अन्तरवार्तामा आउन आग्रह गरेको छ । चीनको चेङ्दुमा रहेको एक कम्पनीले रोजगारका लागि आवेदन दिने व्यक्तिहरू र काम दिलाउने रिक्रुटर्सलाई मास्क लगाउन निर्देशन दिएको छ ।
चेङ्दु एन्ट लोजिस्टिकले चीनको सोसल मिडियामा आफ्नो भर्ती प्रक्रियालाई राखेपछि यो भाइरल भएको छ । यसका समाचार पनि बने । जागिरका लागि अन्तरवार्ता दिन गएका एक व्यक्तिले खिचेको उक्त भिडियो छोटो छ । यसमा अन्तरवार्ता लिने र दिने दुवैले मास्क लगाइरहेको देख्न सकिन्छ ।
उक्त भिडियोबारे कम्पनीले पनि प्रतिक्रिया दिएको छ । कम्पनीले भनेको छ, ‘भिडियो हालै सम्पन्न द्वि वार्षिक भर्ती मेलामा खिचिएको हो । बाहिरी आवरणको आधारमा कुनै पूर्वाग्रह नहोस् भन्दै मास्क लगाउन भनिएको हो ।’
चीनको लजिस्टिक कम्पनीले थपेको छ, ‘यो अचम्मको भर्ती प्रक्रिया आवेदन दिएकाहरूको तनावको स्तर घटाउनका लागि पनि अपनाइएको हो । यसका साथै, कम्पनीले मानिसको आवरणलाई भन्दा व्यक्तिगत क्षमतालाई बढी महत्त्व दिन्छ भन्ने कुरालाई पनि हामी जोड दिन चाहन्छौँ ।’
यो भिडियोले धेरैको सकारात्मक कमेन्ट बटुलिरहेको छ । ती मध्ये धेरैले नयाँ जागिरको आवेदन दिने बेलामा आफूलाई मास्क लगाउन कुनै आपत्ति नभएको पनि बताइरहेका छन् ।
यसमा एक जनाले भनेका छन्, ‘यो समानता हो । राम्रो अनुहारलाई प्राथमिकता दिइनु हुन्नँ ।’
यद्यपि, कम्पनीले दिएको स्पष्टीकरणको सत्यतामा शङ्का गर्नेहरू पनि धेरै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह