बैंकर्स संघले पेश गर्यो कर्जा लगानी नबढ्नुका ५ कारण
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी नबढ्नुको कारण खोलेको छ ।
बुधबार संघले आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारसँग छलफल गर्दै कर्जा लगानी नबढ्नुको साख ५ कारण उल्लेख गरेको हो ।
कोभिड–१९ को प्रभावबाट सिर्जित विश्व आर्थिक मन्दी, आन्तरिक तथा बाह्य कारणले मुलुकको अर्थतन्त्रमा प्रभाव पर्दा उत्पादनसँगै उपभोग्य बजार समेत शिथिल हुँदा सोको प्रभाव बैंकको कर्जा लगानीमा समेत परेको संघको भनाइ छ ।
यद्यपि, माघ २९ गतेसम्मको तथ्याङ्क अनुसार २२ वटा वाणिज्य बैंकहरुले ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको भनाइ छ ।
सोमध्ये ११ अर्ब ७५ करोड रुपैयाँ पुनरकर्जामा लगानी गर्दैगर्दा यता कूल कर्जाको १३ प्रतिशत कृषि क्षेत्रमा ६.३ प्रतिशत उर्जाको क्षेत्रमा र ९.५ प्रतिशत साना, लघु तथा घरेलु (एसएमईज्) प्रकृतिका व्यवसायका क्षेत्रमा कर्जा लगानी गरिएको संघले जनाएको छ ।
यस्तो छ कर्जा लगानी बढ्न नसक्नुका कारणहरु
१. बैंकहरुको निक्षेप संकलन अझैं बढ्न नसक्नु
२. कम उपभोग अर्थात् उपभोग्य बजारको शिथिलता
३. वस्तु तथा सेवाको मागमा कमी, उत्पादनमा ह्रास
४. आर्थिक वस्तुस्थिति (आन्तरिक र बाह्य) र
५. निजी क्षेत्र पर्ख र हेरको अवस्था
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण