धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रूपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गरेका छन्।
बुधबारदेखि नवलपुरमा सुरुभएको सातौँ नवलपुर महोत्सवमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, 'लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रूपमा उत्पादन हुन सकेन । अब विलम्ब नगरी यसको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौ । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं ।'
उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना संचालनका कार्यक्रमहरू राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल सञ्चालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण