बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

टेनिस टोली श्रीलंका जाने

बुधबार, ०३ फागुन २०७९, २० : ४८
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ । डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा र प्रशंसा मोक्तानले खेल्ने छन् ।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । यु–१६ उमेरसमूहको दुवै प्रतियोगिता फेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ ।

यसैबीच मलेसियाको कुचिङमा हुने वल्र्ड जुनियर टेनिस कम्पिटीसन, फाइनल क्वालिफाइङ इभेन्टका लागि ३ गल्र्स खेलाडी छनोट भएको कार्यालय सचिव देवकोटाले जानकारी गराए । 

मार्च २० देखि २५ तारिखसम्म हुने प्रतियोगिताका लागि स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जन छनोट भए । प्रशिक्षकमा कान्छा खड्गे छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप