टेनिस टोली श्रीलंका जाने
काठमाडौँ । जुनियर डेभिस कप तथा बिली जिन किङ कपमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ । डेभिस कपमा ३ ब्वाइज तथा किङ कपमा २ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा र प्रशंसा मोक्तानले खेल्ने छन् ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरिन् । यु–१६ उमेरसमूहको दुवै प्रतियोगिता फेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ ।
यसैबीच मलेसियाको कुचिङमा हुने वल्र्ड जुनियर टेनिस कम्पिटीसन, फाइनल क्वालिफाइङ इभेन्टका लागि ३ गल्र्स खेलाडी छनोट भएको कार्यालय सचिव देवकोटाले जानकारी गराए ।
मार्च २० देखि २५ तारिखसम्म हुने प्रतियोगिताका लागि स्वस्तिका विष्ट, शिभाली गुरुङ र समृद्धि महर्जन छनोट भए । प्रशिक्षकमा कान्छा खड्गे छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण