महिला टी–ट्वान्टी विश्वकप : भारतको लगातार दोस्रो जित
दक्षिण अफ्रिका । भारतले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको टी–ट्वान्टी अन्तर्गत बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले हराएको हो ।
न्युल्यान्ड क्रिकेट मैदानमा वेस्ट इण्डिजले दिएको ११९ रनको लक्ष्य भारतले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि रिचा घोषले अविजित ४४ रनको योगदान गरिन् । त्यस्तै कप्तान हर्मनप्रित कौरले ३३ रन बनाउँदा शफाली बर्मा २८ रनको योगदान गरिन् ।
वेस्ट ईण्डिजका लागि करिष्मा रामहाराक्कीले दुई विकेट लिइन् । त्यस्तै हाईली म्याथ्यु र चाईनिलि हेनरीले समान एक÷एक विकेट लिईन् । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि स्टेफानी टेलरले ४२ रनको योगदान गरिन् । त्यस्तै शेमानी च्याम्पबेलले ३० रन बनाउँदा चिडियन नेशनले अविजित २१ रन बनाइन् । भारतका लागि दिप्ती शर्माले तीन विकेट लिइन् । त्यस्तै पुजा भास्कर र रेनुका सिंहले समान एक/एक विकेट लिइन् ।
जितसँगै भारत समूह ‘बी’ मा २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । वेस्ट ईण्डिज २ खेलमा अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण