मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गलत समाचार फैलाएको आरोपमा रुसी पत्रकारलाई ६ वर्षको जेल

बिहीबार, ०४ फागुन २०७९, ०८ : ११
बिहीबार, ०४ फागुन २०७९

युक्रेन । युक्रेनको एक थिएटरमा रुसी लडाकु विमानले गरेको घातक हमलाको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा एक जना पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

साइबेरियाको बर्नौलको अदालतले ‘नक्कली समाचार’ फैलाएको भन्दै पत्रकार रुसी पत्रकार मारिया पोनोमारेन्कोलाई ६ वर्षको जेल सजाय सुनाएको हो । उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो । पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो । 

गत मार्चमा मारियुपोल थिएटरमा बम विस्फोट हुँदा सयौँ सर्वसाधारणको मृत्यु भएको थियो। उनी युक्रेनमा युद्धको आलोचना गरेको कारण जेलमा परेका रुसी असन्तुष्टहरूको बढ्दो सङ्ख्या मध्ये एक हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप