शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपडेट

सांसद भण्डारीलाई भारत लैजान अस्पतालबाट निकालियो (तस्बिरहरु)

बिहीबार, ०४ फागुन २०७९, १४ : ५७
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान कीर्तिपुर बर्न अस्पतालबाट निकालिएको छ । 

जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिएको छ । 

 भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहने मन्त्रालयले जनाएको छ । 

त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् ।

chandrachandra1chandra3chandra4chandra5chandra6chandra7chandra8chandra9chandra11chandra12chandra13chandra14

101516

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप