बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ

काठमाडौं । बालाजुस्थित माछापोखरीमा प्र्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ । हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेका संख्या ११ पुगेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।
तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए । उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश