लागु औषधसहित युवक पक्राउ
शुक्रबार, ०५ फागुन २०७९, ११ : ३०
काठमाडौँ । लागु औषधसहित प्रहरीले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका २० वर्षीय सुजन ठकुरी छन् ।
उनलाई पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले १५ एम्पुल डाइजेपाम, १५ एम्पुल नुरफिन र फेनारगन १५ एम्पुल बरामद गरेको छ । टेपले कम्मरमा बेरेर लागु औषध लिएर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २८० ट्याब्लेट नाइट्राजेपाम ट्याब्लेट पनि बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण